प्रधानमन्त्री दाहाललाई अमेरिकाले दियो बधाई

काठमाडौं, २० साउन । 

प्रधानमन्त्रीमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संयुक्त राज्य अमेरिकाले बधाई र शुभकामना दिएको छ।

‘हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको छ । संविधान कार्यान्वयन, पुनर्निर्माण र आर्थिक विकासका महत्त्वपूर्ण कार्य सम्पन्न गर्नका लागि अझ लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँग साझेदारी गर्न चाहन्छ,’ काठमाडौंस्थिति अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...