बसले ठक्कर दिदा साइकल यात्रीको मृत्यु
हेटौँडा, २१ साउन ।
नेपालगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ४६७५ नंको बसले हेटौँडा–नारायणघाट सडकखण्डको रमनटारमा आज बिहान करिब ३ः३० बजे बसले साइकल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृतकको अहिले सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनएको छ । उनको शवलाई अहिले सनाखतका लागि हेटौँडा अस्पतालमा ल्याइएको र उनका आफन्तको खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ ।
बस र त्यसका चालकलाई मनहरि इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...