यातायातमा यसरि हुदैछ भूकम्पपीडितमाथि ब्रम्हलुट ! (फोटोफिचरसहित)
काठामाडौं, २७ साउन ।
सधै भिडले भरिभराउ हुने यातायात कार्यालय, एकान्तकुनामा केही सातादेखि झनै भिड बढेको छ । सरकारले भूकम्पपीडितका लागि नयाँ ट्याक्सी दर्ता खुला गरेपछि आबेदन दिनेहरुको अत्यधिक भिड लागेको हो ।
नियमित कामकाजसंगै नयाँ ट्याक्सी दर्ताको आबेदन फारम बुझाउनेहरुको भिडले गर्दा अहिले यातायात कार्यालय लथालिंग देखिन थालेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयसँगै यातायात ब्यबस्था विभागले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि नयाँ ट्याक्सीको दर्ता खुला गरेको हो । १५ सय वटा ट्याक्सीका लागि गत साउन ५ गतेदेखि आबेदन खुल्ला गरिएको थियो ।
आगामी भदौ २ गतेसम्म अन्तिम म्याद रहेकाले अहिले आबेदन दिनेहरुको भिड बढ्दै गएको छ । आबेदन दिन दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा जिल्लाका भूकम्पपीडितहरु आएका छन् ।
कार्यलयमा अहिले आबेदन बुझाउन बिहान ३ बजेदेखि लाइन लाग्ने गरेको स्थानीय सुरज बिष्टले जानकारी दिए । 'झिसिमिसी हुँदा त लाइन रोडसम्म आइपुग्छ' बिष्टले भने । कार्यालयले बिहान १० बजेदेखि ३ बजेसम्म फाराम बुझ्दै आएको छ ।
आबेदन दिन ज्येष्ठ नागरिक र महिलाका लागि छुट्टै लाइनको ब्यबस्था गरेको छ भने युवाहरुका लागि छुट्टै लाइनको ब्यबस्था गरिएको छ । कार्यालय प्रांगण भित्र राखिएको महिला र बृद्धबृद्धहरुको लाइन भद्रगोल देखिन्छ । एउटा फारम भरेको दुईसय रुपैया ! यातायातमा लागेको भिडले सेवाग्राहीलाई सास्ती भए पनि त्यहा दलाली गर्नेहरुलाई भने निकै फाइदा पुगेको छ ।
स्ट्याम प्याड, स्ट्यापलर र फारम लिएर फारम भर्न बसेका दलालीहरु पाइलै पिच्छे भेटिन्छन । केहीले भने फोटोकपी मेशिन समेत राखेका छन् । गाउँघरबाट आएका सोझा बुढापाकाहरुलाई ललाईफकाई एउटा फारम भरेको २ सय रुपैयासम्म लिने गरेको पाइएको छ ।
फारममा सामान्य परिचय लेखे पुग्छ तर उनीहरुले त्यति लेखि दिएबापत दुई सय रुपैया असुल्ने गरेका छन् । टाठाबाठाहरुलाई भने न्युनतम ५० रुपैया लिएर फारम भरिदिने गरेका छन । उनीहरुले एक कपी फोटोकपी गरेको कम्तिमा ५ देखि १५ रुपैयासम्म लिने गरेका छन् ।
डबल फोटोकपी गर्दा २० देखि ३० रुपैया लिने गरेका छन् । नजिकै रहेको यातायातको काउन्टरमा १० रुपैयामा पाइने हुलाक टिकट उनीहरुले १५ रुपैयामा बेचिरहेका छन् । एउटा खाली कपी किन्दा ५ रुपैया लिने गरेका छन् । त्यहा खानेकुरामा झनै ब्रम्हलुट भैरहेको छ ।
एक बोतल पानीको ३० रुपैया लिने गरेका छन्, त्यस्तै एक प्लेट फलफुलको ५० रुपैया लिने गरेका छन् । सोडापानी, समोसा, लगायतको मूल्य समेत मनोमानी ढंगले असुलिरहेका छन् । देखावटी अनुगमन र फितलो कारबाही हुन् त यातायात कार्यालय एकान्तकुनामा प्रहरी र अनुगमन निकायले पटक पटक अनुगमन नगरेका होइन ।
पटक पटक दलालीहरुलाई पक्रेर नलगेको पनि होइन तर पनि उनीहरुमाथि कडा कारबाही नहुँदा पुन: फर्केर त्यही दलाली काम गर्न आउने गरेका छन् । एक लाख नाघ्ने अनुमान अहिलेसम्म आबेदन दिनेहरुको संख्या ५० हजार नाघेको कार्यालयले जनाएको छ ।
अहिले अन्तिम समयमा भएर लाइन लाग्नेहरुको संख्या झनै बाक्लिएको देखिन्छ । यसरी हेर्दा आवेदकको संख्या एक लाख पुग्ने अनुमान गरिएको छ । आवेदकहरु मध्येबाट गोलाप्रथा गरि १५ सय जनालाई ट्याक्सीको दर्ता नम्बर दिइने कार्यालयले जनाएको छ ।
श्रोत : बिजपाटि
प्रतिकृया दिनुहोस्
Loading...