झुठो विवरण पेस गरी नागरिकता दिलाउने तीन पक्राउ

रसुवा २ भदौ। 
झुठो विवरण पेस गरी नगरिकता दिलाएको आरोपमा रसुवा राम्चेका तीन व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा रामचे गाविस–५ का मिङ्मर गलान, सोही गाविस वडा नं ४ बस्ने स्याङ्डुप तामाङ र दावा सिङ्गी स्याक्पा रहेका छन् ।
उनीहरुमाथि २०६७ सालमा छोरी नाताका तीन नाबालकलाई साबालक बनाई झुठो विवरण लेखाएर नागरिकता दिलाएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि नाबालक बालबालिकालाई रोजगारीका लागि खाडी मुलुकमा पठाउन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ । 
नागरिकता प्राप्त गरेका नाबालक विदेश जान र लान अध्यागमनले रोकेपछि रहस्य खुलेको हो ।
नागरिकता प्राप्त गर्नेमा सोही स्थानकी थिमोयाङ्जी गलान, पासाङ् टोमो तामाङ र छेसाङ तामाङ रहेका छन् ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...