कान्छी श्रीमती भएर भित्रिने ८ नेपाली नायिकाहरु - मिथिला शर्मादेखि रेखा थापासम्म

विवाह गर्न कुमारी वा कुमार नै हुनुपर्छ भन्ने पुरातन सोच आजकाल बिलाइसक्यो । त्यसैले दोस्रो विवाह गर्नु आजकाल सामान्य नै भएको छ । सुन्दर अभिनेत्रीहरुले आफूले चाहेजस्तो जीवनसंगी पाउने भएपनि धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् । पहिल्यै विवाह गरिसकेका पुरुष रुचाएर विवाह गर्ने ८ नेपाली अभिनेत्रीबारे यहाँ कुराकानी गरिँदैछ ।
rekha-thapa१. रेखा थापाः
नेपालकै सर्वाधिक चर्चित नायिका रेखा थापा किशोरावस्थामा नै निर्माता निर्देशक छविराज ओझाकी तेस्री श्रीमती भएर भित्रिएकी थिइन् । करिब १ दशक श्रीमान् श्रीमतीको रुपमा रहेको यो जोडीको सन् २०१२ मा सम्बन्धविच्छेद भइसकेको छ । रेखाले दोस्रो विवाह गर्ने र छविले चौथो विवाह गर्ने हल्ला बेलाबेलामा चल्ने भएपनि उनीहरुले अहिलेसम्म विवाह भने गरेका छैनन् ।
simpal_khanal_802844115२. सिम्पल खनालः
अभिनेत्री सिम्पल खनाल पछिल्लो समयमा दोस्री श्रीमती भएर विवाह गर्ने नेपाली अभिनेत्रीको सूचीमा परेकी छिन् । उनले बेलायत बसोबास गर्ने एक पाकिस्तानी नागरिकसँग विवाह गरेकी थिइन् । सिम्पल र उनको श्रीमानको यो दोस्रो विवाह हो ।
mithila-sharma-4३. मिथिला शर्माः
अभिनेत्री मिथिला शर्मा कुशल अभिनेत्री हुनुका साथसाथै कुशल नृत्याङ्गना पनि हुन् । सहज र जीवन्त अभिनय गर्ने मिथिला शर्माले पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग विवाह गरेकी थिइन् । बोहोराकी मिथिला दोस्रो श्रीमती हुन् । नेपाल पुलिस क्लबमा नृत्य प्रस्तुत गर्दागर्दै मिथिला र मोतीलालले एक अर्कालाई मन पराउन थालेका थिए । मिथिलाले ५० वर्ष कटेपछि सन् २०१४ मा ७४ वर्षीय मोतीलालसँग विवाह गरेकी हुन् ।
sanchita-luitel४. संचिता लुइँटेलः
अभिनेत्री संचिता लुइँटेल र अभिनेता निखिल उप्रेती सन् २००९ मा भागेर मुम्बई पुगेपछि मात्र यी दुइले विवाह गरेको खुलेको थियो । संचिताको पहिलो विवाह छोटो समयमा नै टुटेको थियो भने निखिल जेठी श्रीमती कोपिलासँगै बस्दथे । यी दुइले विवाह गर्दा निखिलको घरमा नाबालक छोरा पनि थिए । अहिले निखिल दुबै श्रीमतीसँग मिलेर बस्ने प्रयासमा छन् ।
susmita-kc५. सुस्मिता केसी:
अभिनेता अनमोल केसीकी आमा सुस्मिताले विवाह गर्दा अभिनेता भुवन केसीले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । भूवन र सुस्मिताको विवाह पनि लामो समयसम्म टिक्न सकेन । सुस्मिताले अब विवाह गरेर ‘जात्रा नदेखाउने’ भन्दै दोस्रो विवाह नगर्ने बताएकी छिन् भने भुवन केसी विभिन्न महिलासँगको सम्बन्धका कारण अहिले पनि चर्चामा रहिरहन्छन् ।
pooja-chand-and-raju-lama-marry६. पूजा चन्दः
अभिनेत्री पूजा चन्दको पहिलो विवाह सफल हुन सकेन । उनी अमेरिकामा बस्दै गर्दा एन्जल्स ब्यान्डका गायक राजु लामासँग प्रेम सम्बन्धमा परिन् र उतै विवाह पनि गरिन् । राजु लामा र पूजा चन्दका पहिलो विवाहबाट हुर्किसकेका सन्तानहरु छन् । पूजा चन्दले आफ्नो फेसबुकमा आफ्नो नाम पूजा आर. लामा भनेर राखेकी छिन् ।
saujanya७. सौजन्य सुब्बाः
अभिनेत्री सौजन्य सुब्बाले पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्दसँग दोस्रो विवाह गरेकी हुन् । सौजन्य र भूपेनले विवाहपूर्व नै आ–आफ्नो डिभोर्स गरिसकेका थिए ।
sharmila-malla८. शर्मिला मल्लः
शर्मिला त्यस्ती एक मात्र नेपाली अभिनेत्री हुन् जो विवाह गर्दा आफ्नो श्रीमानकी चौथी श्रीमती थिइन् । अभिनेता कृष्ण मल्लले शर्मिलाभन्दा अघि तीनजना महिलासँग विवाह गरिसकेको भएपनि त्यसपछि शर्मिलासँग नै जीवन बिताए । अहिले उनीहरुको दाम्पत्य जीवन ३० औं वर्षको चलिरहेको छ । शर्मिलाका अनुसार कृष्णले तीनजना महिलासँग विवाह गरेको कुरा उनीहरुको छोरा जन्मिसकेपछि मात्र भनेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...