कैलालीमा जनताका धान यसरी काट्यो विप्लव माओवादीले (फोटो फिचर)



धनगढी, १३ असोज ।


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले कैलालीमा जनश्रम अभियान सञ्चालन गरेको छ ।
नेकपा (माओवादी) र अखिल नेपाल किसान संघ (क्रान्तिकारी)कैलाली को आयोजनामा उक्त जनश्रम अभियान सञ्चालन गरिएको हो ।बिहिबार अत्तरिया नगरपालिकाको वडा नं १३ स्थित राजु बिक को १० कठ्ठा जमिनमा लगाएको धान काट्दै अभियानको उद्घाटन गरिएको छ ।


अभियानको उद्घाटन गर्दै नेकपा(माओवादी)कैलाली जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं.५ का ईन्चार्ज राम भट्टले माओवादी श्रमजिवीहरूको पार्टी भएको र जनताको सुख दुखमा सहयोग गर्न आफ्नो पार्टीले जनश्रम अभियान सञ्चालन गरेको बताए ।

अभियानका क्रममा बिहिबार २७ जना नेता कार्यकर्ता श्रममा सहभागि भएको अखिल नेपाल किसान संघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य राम बहादुर कुवरले बताए ।



यस्तो कार्यले जनता र पार्टीको सम्बन्ध सुदृढ हुने विश्वाश आफुहरूले लिईएको राष्टिय युवा जनस्वयमसेवक का संयोजक रूपेश देउकरको विश्वास छ।


बिहिबार अभियान टोलिले राजु बिक को १० र छविन्द्रनाथ योगी को ४ कठ्ठा मा लगाएको धान काटेको अखिल नेपाल किसान संघ (क्रान्तिकारी) कैलालीले जनाईएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...