बझाङ्गका स्थानीयले गराए सरकारको ध्यानाकर्षण

केशव भुल, काठमाडौँ २८ भदौ ।

बझाङ्गका स्थानीएले विभिन्न मागहरु राख्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । बाहुलीगाड बाढी क्षति न्यूनिकरण तथा सदरमुकाम वचाउ अभियान बझाङले ४ बूदे मागसहित सरकारको ध्यानाकर्षण गराएको हो ।

गएको असार ३१ गते बाहुलीगाडमा आएको भिषण बाढीले झोलुङगे पुल बगाएपछि सदरमुकामबासीहरुमा त्रासपुर्ण वातावरण रहेको भन्दै आफ्नो सुरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।



उनिहरुले बाहुलीगाडक्षेत्रमा तत्काल तटबन्धन गर्नुपर्ने, भत्कीएको झोलुङेपुल निर्माण गर्नुपर्ने लगायतका मागहरु राख्दै जिल्ला प्रशासन हुदै, विभिन्न मन्त्रालय र प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका छन् ।

यस्तै चैनपुर वचाउ अभियानमा आएको रकम यसै आर्थीक वर्षबाट काम सुरु गरी सदुपयोग गर्नुपर्ने र बाढीपिडीतलाई क्षतिपूर्ती दिनुपर्ने अभियानका अध्यक्ष धर्मराज रसाइलीले बताएका छन्।



अभियानले आफ्ना मागहरु पुरा नभए विभिन्न आन्दोलनका कार्यक्रम सुरु गर्ने सरकारलाई चेतावनी दिएका हो । असार ३१ गतेको बाढीले पुलसंगै नजिकैका ३ वटा पसल बगाउनुका साथै ३ वटा भत्किएका थिए ।







, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...