सप्तकोशी डुंगा दुर्घटना : १० जना वेपत्ता भएको पुष्टी (नामावलीसहित)


सुनसरी,२ असोज । 

सुनसरीको श्रीलंका टप्पुबाट प्रकाशपुर आउदै गरेको डुंगा पल्टिएर वेपत्त भएकााहरुको खोजीमा सुरक्षाकर्मीहरु बिहान देखी परिचालन गरिएको छ । शनिबार भएको दुर्घटनामा वेपत्ता भनिएका १० जनाको खोजीमा बिहानै देखी तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिएको हो ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले वेपत्ताको खाजी कार्य जारी राखेको छ । बिहान देखी नेपाली सेनाको आधुनिक डुंगा समेत प्रयोग गरेको खाजी कार्य शुरु गरिएको छ । सशस्त्र र जनपद प्रहरीको टोलीले पनि डुंगा प्रयोग गरेर वेपक्ताको खोजी कार्य जारी राखेको हो ।

शनिबार अबेर सम्म उद्धार टोली त्यस क्षेत्रमा परिचालन भएपनि पानी परेकाले उद्धार कार्य स्थगित गरिएको थियो । अहिले सम्म वेपक्ता भनिएका कसैको पनि फेला पर्न सकेको छैन । वेपत्ता भएका आफन्त तथा स्थानियवासीहरुको ठुलो भिड कोशीमा लागेको छ ।

वेपत्ता भएकाहरुको नाम पहिचान गर्न एक टोली श्रीलंका टप्पु गएको छ । ‘हामी अझै पनि खोजी कार्यमा सकृय भएर लागेका छौ ’, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद घिमिरेले भने । 

बेपत्ता हुनेहरुको नामावली

१० बेपत्ता हुनेमा सुनसरी महेन्द्रनगर–५ की सात वर्षीया छोरी रेखा, २५ वर्षीया मीना झा, तीन वर्षीय पुजन झा, प्रकाशपुरकी पार्वती चन्द्रवंशी, महेन्द्रनगरकी शकुन्तला चन्द्रवंशी, नाम नखुलेकी उनकी १२ बर्षीया छोरी, डुंगा चालक प्रकाशपुरका तुफानी चन्द्रवंशी, सीता कबिरत, महेन्द्रनगर पटवारी उराउकी १४ वर्षीया छोरी र महेन्द्रनगर ५ की ५५ कि चननदेवी यादव रहेका छन् ।

प्रकाशपुरमा शनिबारे हटिया भर्न आएका मानिसहरु सवार डुंगा डुबेर दुर्घटनामा परेको थियो । डुगां पल्टिएर डुवेका मध्ये ३७ जनाको उद्धार गरिएको छ । डुंगामा सवार कति मानिस थिए भन्ने अझै यकिन तथ्यांक भने आएको छैन ।

प्रशासनले घटनाको छानबिन गर्ने

डुंगा दुर्घटनाको बिषयमा जिल्ला प्रशासन कार्यालय सुनसरीले छानबिन गर्ने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले ५ सदस्य समिति बनाएर घटनाको छानबिन गर्ने बताए ।

डुंगा संञ्चालन गर्ने ठेकेदारको लापरबार्हीले घटना भएको भन्दै प्रशासनले छानबिन गर्ने भएको हो । डुंगा यात्राको क्रममा यात्रुहरुलाई दिइने लाईफ ज्याकेट प्रयोग नगरेको कारण मानविय क्षति बढी हुने गरेको भन्दै भोलीका दिनमा अनिर्वाय रुपमा ज्याकेट प्रयोगमा ल्याउन पनि चापागाईले निर्देशन दिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...