सुनको भाउ तोलामा ६ सयले बढ्यो

काठमाडौं, २२ भदौ ।

सुन चाँदीको भाउमा बृद्धि आएको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको भाउ तोलाको ५९ हजार १ सय रुपैयाँ तोकेको जनाएको छ।

मंगलबार तोलाको ५८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय ९० रुपैयाँ तोकेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले स्थानीय भाउमा प्रभाव पार्ने गर्छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...