घिमिरे सवार जिप दुर्घटनास्थलको गृहमन्त्रीद्वारा निरीक्षण

चितवन, ११ असोज ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनास्थलको आज निरीक्षण गरेका छन् ।

गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसहित पुगेका गृहमन्त्री निधिले सबै प्रविधिको प्रयोग गरेर खोजी गर्न निर्देशन दिए ।

यही असोज ९ गते मुक्तिनाथबाट काठमाडौँ आउँदै गर्दा पूर्व परराष्ट्रमन्त्री घिमिरे परिवार स्थानीय घोप्टेभिरमा दुर्घटनामा परेको थियो ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...