गुण्डाहरुद्वारा गाउँलेमाथि निर्घात कुटपिट, लाखाैको लुटपाट, प्रचण्डसँग डाइरेक्ट सम्बन्ध छ भन्दै हल्ला गरे मारिदिने धम्की
![]() |
| गुण्डाहरुकाे अाक्रमणबाट सख्त घाइते भएका हिरामाेती पुन |
दाङ २२ भदौ ।
दाङको सिसनियामा गुण्डाहरुको एक समूहले गाउँलेहरुमाथि श्रृङ्खलाबद्ध कुटपिट तथा लुटपाट मच्चाएको छ ।
तिजको मौका पारेर गुण्डाहरुको समूहले गाउँमा आतंक मच्चाएर लुटपाट गर्दै हिडेको स्थानीयहरुले बताएका छन् ।
दाङको सिसनिया गाविस ७ थकरीकोटमा तिज पञ्चमीका दिनमा नाचगान गरिरहेका गाउँले महिलाहरुमाथि कुटपिट गरी गुण्डाहरुको समूहले ठूलो मात्रामा धनमाल लुटपाट गरेको छ ।
लुटपाटमा सिसनिया गाविसर्कै करङ्गेगाउँका गुण्डा सुर्यप्रसाद भनिने चित्रबहादुर थापाको समूह संलग्न रहेको सथानियाहरुको भनाइ छ ।
करिव ४० जनाको संख्यामा आएका थापाको समूहले तिज पञ्चमीका दिन एकाएक गाउँ पसेर दुई लाख बराबरको लुगा कपडा, १० क्विन्टल चामल, २० लिटर खाने तेल, एक क्वीन्टल चना, ५० हजार बराबरको भाँडा वर्तन लुटेको छ ।
करिव ४० जनाको संख्यामा आएका थापाको समूहले तिज पञ्चमीका दिन एकाएक गाउँ पसेर दुई लाख बराबरको लुगा कपडा, १० क्विन्टल चामल, २० लिटर खाने तेल, एक क्वीन्टल चना, ५० हजार बराबरको भाँडा वर्तन लुटेको छ ।
खुकुरी, रड र साइकलका चैनसहित आएको थापाको समूहले थकरीकोट गाउँका स्थानीय महिला र प्रतिवादमा उत्रिएका गाउँलेहरुमाथि निर्मम तरिकाले कुटपिट गरेको छ ।
सो समूहको आक्रमणमा परी हासीपुर ८ का हिरामोती पुन सख्त घाइते भएका छन् । गम्भीर घाइते पुनकोअवस्था चिन्ताजनक रहेको छ ।
त्यस्तै थकरीकोटका तारा समाल, तोमबहादुर समाल, डेकराज समाल, देवमणी समाल लगायत १० जनाजति गाउँलेहरु घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
गुण्डा नाइके चित्रबहादु सिसनियाकै करङ्गे गाउँका हुन् । उनले सो क्षेत्रमा आफ्नो दबदबा जमाउन तथा गाउँलेहरुलाई आफ्नो काबुमा राख्न ठूलो संख्यामा गुण्डा ल्याएर कुटपिट गर्ने र ठाउँ-ठाउँमा लुटपाट गर्ने गर्दै आएका छन् ।
सो समूहको आक्रमणमा परी हासीपुर ८ का हिरामोती पुन सख्त घाइते भएका छन् । गम्भीर घाइते पुनकोअवस्था चिन्ताजनक रहेको छ ।
त्यस्तै थकरीकोटका तारा समाल, तोमबहादुर समाल, डेकराज समाल, देवमणी समाल लगायत १० जनाजति गाउँलेहरु घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।
![]() |
| गुण्डाहरुकाे समूहले लुटपाट गर्दा फालेकाे गाउँलेकाे खाद्यान्न |
सुर्यप्रसाद कुनै समय माओवादी जनयुद्धमा लागेका थिए । युद्धकालमा माओवादीको व्यवस्थापन विभागमा बसेर आधार इलाकामा खाद्यान्न लगायतका सामान सप्लाई गर्ने उनलाई सो क्रममा उनले ठूलो रकम हिनामिना गरेपछि माओवादीले कारवाही गरेको थियो ।
त्यसपछि सुर्यप्रसाद भागेर भारतमा बसेका थिए । युद्धकालभरि भारतमा बसेका सुर्यप्रसादले भारतमा पनि बिभिन्न ठाउँमा लुटपाट मच्चाएका थिए ।
पछिल्लो समय भारतमा पनि व्यापक खोजि भएपछि उनी नेपाल पसेर लुक्दै बसेका थिए । त्यसपछि उनी गाउँमा आएर स्थानीय सामुदायिक वनको कार्यसमितिमा बसे । अहिले उनी उरुङडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत छन् । सामुदायिक वनको अध्यक्षसँगै उनी काठका स्थानीय ठेकेदार पनि हुन् ।
उनी सालको काठको अवैध व्यापारमा समेत सम्लग्न भएको गाउँलेहरु बताउँछन् । ठूलो मात्रामा काठको तस्करी गर्ने उनी गाउँलेहरुलाई भने काबुमा राख्न यो क्षेत्रमा यस्तो आतंक मच्चाउँदै आएका छन् ।
उनी आफूलाई नेकपा (माओवादी केन्द्र)को जिल्ला सल्लाहकार भएको समेत दावी गर्छन । तर, उनी माओवादी केन्द्रमा भए नभएको भने कसैलाई थाहा छैन ।
![]() |
| गुण्डाहरुले आक्रमण गरी फुटाइएका भाडाकुडाहरु |
स्थानीय जनताले उनीमाथि कारवाही गर्न र लुटपाट भएको धनमाल फिर्ता गराइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् । तर, उनलाई स्थानीय प्रहरीले समेत संरक्षण गरेको स्थानीयको गुनासो छ ।
प्रहरीसँग आफ्नो राम्रो सम्बन्ध भएको र आफ्नो पार्टी समेत सरकारमा रहेको भन्दै सुर्यप्रसादले गाइउलेहरुलाइ धम्की समेत दिँदै हिडेका छन् ।
उनले गाउँलेहरुमाथि कुटपिट गर्दा यसबारे कतै केही हल्ला गरे आफ्नो पार्टीको सरकार भएको र प्रधानमन्त्री प्रचण्डसँग आफ्नो डाइरेक्ट सम्बन्ध भएको भन्दै त्यहीबेला गिरफ्तार गराएर जेलमा सडाइदिने र बढी बाहिर हल्ला गरे मारिदिने धम्की पनि गाउँलेलाई दिएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...



