जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन सम्पन्न

टोकियो । विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी) को भातृ संगठन नेपाली जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

माअाेवादीका प्रमुख नेताहरुकाे उपस्थितिमै सम्पन्न समाजको अधिवेशनले दिनेश शाहीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेेकाे छ । कार्यसमितिको उपाध्यक्षमा सरु अधिकारी, सुरेन्द्र डिसी, भानु अर्याल र दुर्गा खड्का चयन भएका छन् ।

त्यस्तै महासचिवमा निरन्जन गैरे, सचिवमा नविन जोशी र कोषाध्यक्षमा कृष्ण शाही चयन भएका छन् ।

अधिवेशनका लागि नेपालबाट प्रमुख अतिथिका रुपमा नेकपा (माओवादी) स्थायी समिति सदस्य तथा प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र विशेष अतिथि स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला ‘कन्चन’ स‌गठनकाे निमन्त्रणामा जापान पुगेका थिए ।

अधिवेशनकै क्रममा जापानवासी नेपालीसँग “एकीकृत जनक्रान्ति आजको आवश्यकता” विषयक एक अन्तरक्रिया कार्यक्रम पनि अायाेजना गरिएको थियो ।

उक्त अन्तर्क्रियामा जापानका राजनीतिक दलका प्रतिनिधि, बुद्विजिवी, समाजसेवी, पत्रकार, व्यवसायीको तर्फबाट प्रतिनिधि मुलक उपस्थिति रहेको थियो ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...