जया मल्टिपलको वार्षिकोत्सवमा रुख रोप्नेदेखि नाचगानसम्म

काठमाडौँ ३१ भदौ ।

काठमाडौँ गोकर्णेश्वर –१५ स्थित वागमतीको किनारमा शुक्रबार बिहानै युवादेखि अधवैंशे मानिसहरु हातमा आफुभन्दा अग्ला,कुनै होचा रुखका विरुवा लिएर उभिएको देखिए ।

एकैछिनमा उनीहरुले वागमती किनारमा दर्जनौ वृक्षारोपण गरे । जहाँ सांसद साहित्यकारदेखि शिक्षक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधी सहभागी भए ।

प्रसंग हो गोकर्णेश्वर – १५ मा अवस्थित जया मल्टिपल क्याम्पसको १३ औ वार्षिकोत्सव । 

क्याम्पसले सो क्षेत्रका जनप्रतिनिधी,विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधी,साहित्यकार तथा सयौँ विद्यार्थीको बिचमा शुक्रबार आफ्नो १३ औ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

बरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवस,सो क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद रामेश्वर फुयाँल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको जमघट गराएर क्याम्पसले आफ्नो बार्षिकोत्सव मनाएको हो ।

३ भागमा बाडिएको कार्यक्रम अन्तर्गत सुरुवातमा वागमती किनारमा वृक्षारोपण गरिएको हो भने त्यसपछि औपचारिक कार्यक्रम र तेस्रो चरण अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष जगन्नाथ देवकोटाले क्याम्पसलाइ यो सफलतासम्म ल्याउन सहयोग गर्ने सवैलाइ धन्यवाद ज्ञापन गरे।

क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले क्याम्पस व्यवस्थापन पक्षका पदाधिकारी,शिक्षक,विद्यार्थी,अभिभावक लगायत स्थानीयको सहयोग र अथक प्रयासमा नै जया मल्टिपल क्याम्पसले उत्कृष्ट क्याम्पसको सुचीमा पनि अग्रपङ्तितर्फ लम्किरहेको बताए ।

जया मल्टिपल क्याम्पसमा अध्ययनरत विद्यार्थीले हरेक वर्ष विशिष्ट श्रेणी लगायतका उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...