नेपाल प्रहरीको चेतावनीपूर्ण अनुरोध - सामाजिक सञ्जालमा अश्लिल कमेन्ट नगर्नुस्

काठमाडौं,१४ असोज ।

नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा दिनानुदिन दिन अश्लिल, अनावश्यक तथा अपशब्द प्रयोग गरेर कमेन्ट गर्ने प्रवृत बढ्दै गइरहेको भन्दै त्यसो नगर्न सबैमा आग्रह गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग नक्साल काठमाडौंले सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार एक बिज्ञप्ति जारी गर्दै यस्तो आग्रहपूर्ण चेतावनी दिइएको हो ।

नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ - 'फेसबुक, ट्वीटरजस्ता सबैखाले सामाजिक सञ्जाल वा बिद्दुतीय माध्यमको दुरुपयोग गरी व्यक्ति अथवा सस्थाको इज्जत, प्रतिष्ठामा आँच पुर्याउने खालका कमेन्ट कोहि कसैबाट नहुन / नगराउनु हुन् अनुरोध गर्दछौं । यदि कोहि कसैको इज्जत, प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी अभिव्यक्ति सम्प्रेषण गरेमा कानुनबमोजिम कडा कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।'

प्रहरीले सामाजिक सञ्जालमा बढिरहेका यस्ता अनैतिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न यो सूचना जारी गरेको बताएको छ । यसप्रकार कार्यहरुमा कोहि/ कसैको संग्लन भएको पाइएमा कडा कारवाही गरिने समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

, ,

प्रतिकृया दिनुहोस्

Loading...