क्षमताभन्दा चौगुणा कैदी र थुनुवा हुँदा कारागारमा समस्या

जाजरकोट, ९ असोज ।

जिल्ला कारागार जाजरकोटमा क्षमताभन्दा बढी कैदी र थुनुवा हुँदा समस्या भएको छ ।
कारागारको क्षमता १० जनामात्र भए पनि अहिले ४४ जना कैदी तथा थुनुवा हुँदा निकै सकस भएको छ । एकजना महिलासहित ३६ जना कैदी र सातजना थुनुवा गरी जम्मा ४४ जना कैदीबन्दी भएपछि समस्या भएको जेलर तेजविक्रम शाहले जानकारी दिए ।

दिनानुदिन कैदीको सङ्ख्या बढ्दै जानु र भौतिक संरचना कमजोर हुदै जानुले उनीहरुलाई व्यवस्थापन र सुत्ने ठाउँको समस्या देखिएको छ । कैदीबन्दीको सङ्ख्या बढेसँगै उनीहरुको बस्ने, खानेमा समेत समस्या देखापरेको छ ।

कैदीबन्दीको समस्यालाई ध्यानमा राखी जटिलता नहोस् भनेर उनीहरुलाई बेलाबखत स्वास्थ्य उपचार गराउँदै आएको जेलर शाहले बताए । त्यस्तै कतिपय दीर्घरोगी तथा बिरामी भएका कैदीलाई सुविधा सम्पन्न अस्पतालमा कारागारबाट सिफारिस गर्न कठिनाइ भएको बताइएको छ ।

बाल सुधारगृह पनि नभएकाले सम्बन्धित निकायमा पटक पटक जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको जेलर शाहले बताए ।

हाल कारागारमा कर्तव्य ज्यान, चोरी डकैती, जबर्जस्ती करणी, लागुऔषध, बहुविवाहलगायतका कैदीले सजाय काटिरहेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...