कमल थापा जापान प्रस्थान

काठमाडौँ, ८ असोज । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा शुक्रबार जापान प्रस्थान गरेका छन् ।

जापानस्थित युवा डे इन्टरनेसनल एसोसिएसनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा गए राति करिब ११ बजे त्यसतर्फ प्रस्थान गरेको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

नेपाल तथा जापानको दौत्य सम्बन्ध कायम भएको ६० वर्ष पुगेका उपलक्ष्यमा सो कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा अध्यक्ष थापाले दुई देशबीचको सम्बन्धबारेमा सम्बोधन गर्नेछन ।

त्यसैगरी पार्टी निकट ओभरसिज नेपाल अर्गनाइजेसनको यही असोज १० गते हुन लागेको छैटौँ महाधिवेशनमा उहाँ प्रमुख अतिथिका रुपमा सहभागी हुने छन । उनि यही असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ

,

प्रतिकृया दिनुहोस्

Loading...