कराँते कार्यक्रममा उर्जामन्त्री भने- ‘नेपालको जल नेपालीकै लगानी’

भक्तपुर, ८ असोज ।

ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ ।

आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

पुनःनिर्माणको काम पनि पूरा गर्न नेपाली खेलाडी अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले खेलकुदका क्षेत्रमा राजनीति छिर्न नहुनेमा जोड दिए ।
कार्यक्रममा मध्यपुरका समाजसेवी मदनसुन्दर श्रेष्ठले खेलका माध्यमबाट विश्व सामु नेपालीको पहिचान देखाउन खेलाडी सफल हुदैँ गएकाले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महिला बेचबिखन रोक्न उल्लेख्य भूमिका खेलेबापत अमेरिकाबाट सम्मान पाएका भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक किरण वज्राचार्य तथा मध्यपुर थिमिमा भैरवनाच पुनःसंचालन गर्न योगदान पु¥याउने अर्जुन श्रेष्ठ, फुटबल खेलमा योगदान दिने उपेन्द्रमान सिंँह, कराँतेका प्रमुख प्रशिक्षक सञ्जय श्रेष्ठ, मण्डेकाजी श्रेष्ठ र मुकुन्द महर्जनलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँ, काभ्रेपलाञ्चोक, चितवन, मोरङ सिन्धुली र झापाबाट सहभागी २०० खेलाडीबीच खेल हुँदैछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...