सोलुखुम्बुमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं,९ असोज ।

सोलुखुम्बुको जुभिङमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

इन्जिन फेल भएपछि आकष्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटनाबाट हेलिकप्टरको नोजमा क्षति पुगेको छ ।

सोलुखुम्बु प्रहरीले पाइलट र यात्रु सबै सकुशल रहेको जनाएको छ ।

माउन्टेन एयरका अनुसार हेलिकप्टर लुक्लाबाट बिरामी लिन जुभिङ गएको थियो । र, काठमाडौं आउने योजना थियो तर, अवतरणका क्रममा केही समस्या देखिएको थियो ।

अहिले हेलिकप्टर बिरामी लिएर लुक्ला फर्किएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...