छोरालाई विष खुवाई आमाले गरिन आत्महत्या
दाङ १६ भदौ।
दाङमा एक महिलाले आफ्नो सन्तानलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । आमाको मृत्यु भएपनि छोराको भने कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार तुलसीपुर ९ दोघरे निवासी २६ वर्षीया हिमा थापाले ५ वर्षीय छोरा प्रदिप थापालाई विष खुवाएर आफूले पनि खाएकी थिइन्।
उपचारका लागि राप्ती अञ्चल अस्पताल पुर्याइएका उनीहरुलाई प्रारम्भिक उपचारपछि तत्काल थप उपचाकार बाँकेको कोहलपुर लगिएको थियो।
हिमाले किन आफ्नै सन्तानलाई विष खुवाएर आफूले पनि खाएकी हुन् भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। उनका श्रीमान ट्याक्टर चालक रहेको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...

