‘आइएसले गर्न लागेको ठूलो हमलाको योजना बिफल’

एजेन्सी, २५ भदौ ।
फ्रान्सको राजधानी पेरिसमा गिरफ्तार गरिएका तीन संदिग्ध महिलालाई चरमपन्थी संगठन इस्लामिक स्टेटबाट निर्देशन मिल्ले गरेको पाइएको छ ।
पेरिसका अभियोजक फ्रास्वा मालिन्सका अनुसार आइएस महिलालाई चरमपन्थी बनाउन चाहन्थ्यो ।
आइतबार पेरिसको नात्र डाम कैथड्रल नजिक ग्यासको भाडो भेटिएको थियो । त्यसपछि बुधबार यी तीन महलिालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
गिरफ्तारको समय एक महिलाले प्रहरी अधिकारीमाथि चक्कु प्रहार गरेकी थिइन् ।
नियन्त्रणमा लिइएका महिलामध्ये एक १९ वर्षीय युवतीले एक चिठि्ठमा आइएसलाई समर्थन गरेकी थिइन् ।
फ्रास्वा मालिन्सका अनुसार नियन्त्रणमा लिइएका मध्ये एक महिलाको सम्बन्ध लारासी अबाला तथा लादेल केरमिशसँग थियो जसले मे महिनामा दुई प्रहरी अधिकारीको हत्या गरेका थिए ।
लारासी अबालेले प्रहरी अधिकारीको हतया गरेसँगै आत्महत्या गरेका थिए । आदेल केरमिशले जुलाइमा एक चर्चका पादरीको गला रेटेर हत्या गरेका थिए ।
फ्रान्सका आन्तरिक मन्त्री वनार्ड कजनवले पक्राउ परेका महिलामाथि प्रहरीले केही समय पहिला देखि अनुसन्धान गरिरहेको बताए ।
फ्रान्सका राष्ट्रपति फ्रास्वा ओलाण्डले ठूलो हमलाको योजनालाई निस्तेज पारेको बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...