जब करोडौका सामान कौडीको दाममा लिलाम गरिए

काठमाडौं, २४ भदौ ।

जिल्ला अस्पताल खोटाङमा मर्मत गर्दा काम लाग्ने महंगा उपकरणलाई कौडीको दाममा लिलाम गरिएको छ।

मर्मत गर्दा काम दिने १ सय १२ थारिका उपकरण तथा सामान न्यून मूल्यमा लिलाम विक्री गरिएको खबर आजको अन्नपूर्णमा हरिबोल आचार्यले लेखेका छन्।

जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० प्रकारका उपकरण गत फागुनमै २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको हो।

अस्पताल विकास समितिलाई जानकारी नै नगराई करोडौंका उपकरणलाई कौडीको भाउमा बिक्री गरिेको भन्दै जिल्लामा बिरोध सुरु भएको छ ।

जिल्ला अस्पतालले कवाडी भनेर लिलाम गरेका उपकरणहरु मर्मत गरेर सामुदायिक अस्पतालमा उपयोगमा ल्याउने तयारी गरिएपछि मात्र स्थानीयले सामान लिलाम गरेको थाहा पाएका हुन् ।

सस्तो मूल्यमा जिल्ला अस्पतालका उपकरण सामुदायिक अस्पतालमा पुर्‍याइएपछि मिलेमतोको आशंका गरिएको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...