प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै मणिद्वीप
पोखरा, २३ भदौ ।
नेपालका बाइसे चौबीसे राजाका पालादेखि अस्तित्वमा आएको पोखरा उपमहानगरपालिका वडा नं २२ स्थित धार्मिक एवम् ऐतिहासिकस्थल मणिद्वीप प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
पोखरा उपत्यकाको दृश्यावलोकनसहित ऐतिहासिक एवम् धार्मिकस्थलको अवलोकनका लागि स्वदेशी एवम् विदेशी पर्यटक मणिद्वीपमा आउने गरे पनि आवश्यक प्रचारप्रसारको अभावले अपेक्षित पर्यटक अझै भित्र्याउन नसकिएको स्थानीयवासी बताउँछन् ।
समाजसेवी ओमप्रकाश बराल यस क्षेत्रको राम्रो प्रचारप्रसार एवम् भौतिक पूर्वाधार विकास गरेमा धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताछन् ।
“बाइसे चौबीसे राजाको पालामा नै आर्वामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्वीप नागेश्वर महादेवको स्थापना गरिएको पाइन्छ”, उनले भने – “अत्यन्त शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरैपटक नाग प्रकट भएका छन्, यस मन्दिरमा भक्तिभावपूर्वक पूजा गरेका सन्तान प्राप्ति नभएका व्यक्तिलाई सन्तान लाभ भएको छ भने, नागका कारण समस्यामा परेका धेरै बिरामी स्वास्थ्यलाभ गरी फर्केका छन् ।”
प्राचीनकालदेखि नै सन्यासीहरू बस्दै आएकामा केही वर्षअघिदेखि उनीहरू बस्न छोडेका अर्का स्थानीयवासी जयबहादुर बरालले बताए ।
उनका अनुसार सुरुमा खरले छाएको मन्दिर रहेकामा हाल रहेको शिव मन्दिर भने २०६२ सालमा निर्माण गरिएको हो । विसं २०६३ मा वृन्दावनबाट ल्याइएको शिला स्थापना गर्दा शिलामा लामो समयसम्म पसिना आएको थियो ।
विसं २०६३ मा वृन्दावनका महामण्डलेश्वरसहितका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा मणिद्वीपमा महायज्ञ लगाइएको उनले जानकारी दिए ।
मणिद्वीप क्षेत्रको धार्मिक विशिष्टतालाई उजागर गर्न स्थानीय समाजसेवी पनि सक्रिय बनेका छन् ।

प्रतिकृया दिनुहोस्
Loading...