पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए महासंघले सञ्चार गृह केन्द्रित आन्दोलन गर्ने : डा. बिष्ट
भक्तपुर, २३ भदौ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक बिषयमा सञ्चार गृहहरुले तत्कालै कार्यान्वयन नगरे महासंघले सञ्चार गृह केन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताएका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिष्टले लामो समय देखि सञ्चार जगत्मा चर्चाको बिषय बनेको श्रमजीवि पत्रकारको न्यनूतम पारिश्रमिकको बिषय तर्फ सञ्चार गृहहरुले कार्यान्वयन तर्फ ध्यान नदिएको भन्दै अब सञ्चार गृह केन्द्रित आन्दोलन गर्ने बताएका हुन् ।
बिष्टले पत्रकारका बिषयमा गरिएको बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटका बिषयमा समेत सम्बोधन नभएकाले यसको कार्यान्वयन तर्फ सरकारले तत्कालै कदम चाल्नु पर्नेमा जोड दिए ।
देश संघियतामा प्रवेश भईसकेकोले पत्रकार महासंघमा समेत ब्यापक परिवर्तन गर्नु पर्ने भएकाले बिधान संशोधनको तयारी भएको र यसको मूर्त स्वरुप छिटै देखा पर्ने भन्दै संबिधानको सफल कार्यान्वयनमा सञ्चार जग्तको भूमिकालाई ब्यापक पार्नु पर्ने बताए ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले नेपालमा औंलामा गन्न मिल्ने सञ्चार माध्यम बाहेक अन्य मिडियाहरु आर्थिक संकटमा रहेको भन्दै मिडियालाई आर्थिक सवल पार्न नसके समस्या जस्ताको तस्तै रहने उनले बताए ।
सञ्चार क्षेत्रमा आउने क्रम जति बढेको छ त्यतिनै पाँच ६ बर्ष काम गरेको पछि आफ्नो भबिष्य नदेखेर बिलिन हुने क्रम समेत बढेको उनले बताए । यसरी नेपालको मिडियामा काम गरि जीवन जोह गर्न सक्ने अवस्था हाल सम्म पनि देखा पर्न नसकेको उनको भनाई छ ।
दूई प्रकारका सञ्चार गृह रहेको र एक सक्षम भएर पनि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध नगराउने र अर्को आर्थिक रुपमै असक्षम भएकाले न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको अवस्था देखिएको उनले बताए ।
उनले केही ठूला सञ्चार गृृहले सञ्चालन गरेको सञ्चार गृह फाइदामा रहेको र फाइदा भएको रकम सञ्चार क्षेत्र र सञ्चारकर्मीको बिकासमा भन्दा पनि अन्य ब्यवसायमा लागू गर्दा समस्या माथि समस्या थपिँदै गएको बताए ।
उनले सबै भन्दा कान्छो मिडिया भनेको अनलाईन सञ्चार माध्यम भएता पनि यो बाँदरको हातमा नरिवल बनेको भन्दै समाचारको राम्रो माध्यम भएता पनि यसलाई ब्यवस्थित गर्न नसक्दा यसको अपार भबिष्य संकटमा पर्न सक्ने अवस्था देखिएको उनको भनाई छ ।
कमिकम्जोरीलाई नियन्त्रण गर्दै यसको प्रर्वद्धनमा लागेको र कानुनी मान्यता दिलाउँदै पत्रकारीताको सामान्य नियम अनुसार नै सञ्चालन गर्नु पर्नेमा काउन्सिलको मान्यता रहेको उनले बताए ।
नयाँ आचार संहिताको लागूसँगै सञ्चार क्षेत्रलाई कमाई खाने र सञ्चार कर्मीको खोल आडेकालाई कारवाहीकोे दायरामा ल्याउने समेत तयारी रहेको उनले बताए ।
सञ्चार कर्मीको अभिलेखिकरण र नयाँ आउने सञ्चार कर्मीका लागि परिक्षाको ब्यवस्था गर्दै सञ्चार क्षेत्रलाई सबल पार्दै अगाडी बढ्न लागेको समेत उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...

