हलियाको आशालाई निराशा हुन दिन्नँ – मन्त्री पाण्डे

काठमाडौँ, १३ असोज ।

भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले हलियाको आशालाई आफूले निराशामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

मुक्त हलियाको वर्तमान अवस्था र सरकारको दायित्व विषय आज आयोजित अन्तक्र्रियामा उनले भने – “हलियाले उठाउँदै आएको विषय राष्ट्रको समस्या भएको हुँदा त्यसलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ ।

नेकपा (एमाले) अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले हलियासम्बन्धी विषयलाई श्रमिकको समस्या भनेर सम्बोधन गर्न आवश्यक रहेको बताए ।

नेकपा (माओवादी केन्द्र)का सांसद कर्णबहादुर विकले हलियाको सङ्ख्या बढाउने र घटाउने कार्यले वास्तविक हलिया मारमा पर्न सक्ने पक्षलाई हेक्का राखेर काम गर्न सचेत गराए ।

नेपाली काँग्रेसका सांसद नरबहादुर चन्दले हलियासम्बन्धी समस्यालाई सदाका लागि अन्त्य गर्न सबै राजनीतिक दलले सामूहिक प्रतिबद्धता जनाएर काम गर्न आवश्यक रहेको बताए।

सो अवसरमा हलिया मुक्ति आन्दोलनमा योगदान पु¥याएका कोपिला नेपाली, रमेश कोली, ईश्वर सुनारलगायतले सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा हलियासम्बन्धी समस्या रहँदै आएको जानकारी दिए ।

हलियामध्ये ९८ प्रतिशत दलित समुदाय नै रहेको बताउँदै उनिहरुले बाँझो जमिन जोतेर बसोबास गरेको तथा लिएको ऋण तिर्न नसकेर पुस्तौँपुस्तादेखि हलिया बन्नु परेको घटना सुनाउनुभएको थियो ।

सरकारले २०६५ भदौ २० गते हलिया मुक्तिको घोषणा गरे पनि उनीहरु अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन माग गर्दै आन्दोलनमा रहेका छन् ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले १९ हजार ५९ मुक्त हलिया परिवारको लगत प्रमाणीकरण गरी परिचयपत्र वितरणको कार्य गर्दै आएको छ । 

सरकारले आठ हजार ८८८ जनालाई दुईवर्षभित्र दुई चरणमा गरी पुनःस्थापन गर्ने कार्ययोजना अघि सारेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...