रारा ताल संरक्षणका लागी नियमित सरसफाई सुरु


श्याम बिसी, मुगु ९ असोज ।

प्रदेश नं ६ को मुख्य पर्यटकिय गन्तव्य मुगु जिल्लामा रहेको रारा ताललाई फोहोर हुन नदिन्का लागी नियमित सरसफाई अभियान शनिबारबाट शुरु गरिएको छ ।

रारा पर्यटन बिकास समितीको पहलमा जिल्ला स्तरका सरोकारवालाहरुको बैठक बसि रारा तालमा प्रत्येक महिनाको दोस्रो शनिबार रारा तालको नियमित रुपमा सरसफाई गर्ने निर्णय भएको थियो । 

मुगुको महत्वपुर्ण पर्यटकिय गन्तव्यको रुपमा रहेको रारा तालको संरक्षण तथा प्रर्वद्धनका लागी स्थानिय स्तरको जन समुदायको सहभागिता बढाउनका लागी तालको नियमित सरसफाईको अभियान शुरु गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताए । शर्माले भने “रारा ताल हाम्रो हो यसको संरक्षण तथा प्रचार प्रसार गर्ने जिम्मा अरु बाहेक कसको हुन्छ र ?” ।

रारा तालमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सङख्या बढ्दै गईरहेको बेलामा हुने फोहोरको नियन्त्रणका लागी अभियानको शुरुवात गरिएको रारा पर्यटन बिकास समितीका अध्यक्ष देविकृष्ण रोकायाले बताए ।

रारा ताल आसपासमा हिड्ने पर्यटक अथवा स्थानियहरुलाई ताल वरपर भएका फोहोरहरु हटाउनका लागी शन्देश जाओस् भनेर अभियानको शुरुवात गरिएकोमा उनको जोड रहेको छ । समितीले आगामी दिनमा रारा ताल वरपर भईरहेको ताललाई समस्या निम्तने खालका बिभिन्न बिषयमा आवाज उठाईरहेको रोकायाको भनाई रहेको छ । 


रारा ताल मुलुकका अन्य तालहरु जस्तै फोहोर नभएको भन्दै रोकायाले भने “अन्य ताल तथा नदिहरु फोहोर भएर सफा गरिएको हो तर कृपया रारा तालको बारेमा गलत शन्देश नजाओस् हामीले रारा फोहोर नभयको भएपनी आगामी दिनमा फोहोर नहोस् भन्नका लागी अभियानको शुरुवात गरेको हौ” । रारामा खान वस्न असुविधा भएको जस्ता बाहिर आउने कारणहरुकै कारण रारामा आउने पर्यटकहरु आउन नसकिरहेको रोकायाको जोड रहेको छ ।

रारा तालमा अहिले भईरहेको फोहोर प्रत्येक महिनाको दोस्रो शनिवार हुने सरसफाई अभियानकै माध्यमबाट कम हुदैँ जानेमा उनको बिश्वास रहेको छ । शनिवारबाट शुरु भएको अभियानको शुरुवात गर्दै अध्यक्ष रोकायाले अभियानको शुभारम्भमा उपस्थित सरोकारवाला तथा स्थानिय बासिन्दाहरुलाई रारा तालको सरसफाईमा सबैले सहयोग गर्ने भन्ने किसिमको प्रतिबद्धता गराएका छन् ।

ताल सरसफाई अभियानको शुभारम्भका अधिकाशं बक्ताहरुले तालको वरपरको सरसफाईका लागी सबैको भुमिका उत्तिकै रहेकाले यसको सरसफाईका लागी सबैको सहयोगको आवश्यक्क्ता रहेको जोड दिएक थिए । नेपालकै सबैभन्दा ठुलो ताल रारा तालमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको सङख्या समेत बढ्दै जान थालेको छ । बाह्य तथा आन्तरिक पर्यटकहरुको सङख्यामा अझै बृद्धि गराउनका लागी प्रत्येक नेपालीहरुको भुमिका उस्तै रहेको कार्यक्रमका सहभागिहरुको जोड रहेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...