साढे ७ लाख दिँदा पनि मालिकले बेचेनन् यो बोका, आखिर किन ?

एउटा बोकाको मूल्य कति होला ? १० हजार, २० हजार वा ५० हजार ? भारतको वडगाम तहसीलको उमरेया गाउँको एउटा बोकालाई मानिसहरुले ७ लाख २१ हजार रुपैयाँ तिर्न तयार छन् ।

शरिरमा ७ सय ८६ वटा चन्द्रमाको निशान कुदिँएको उक्त ११ महिनाको बोकोलाई आफ्नो घरमा भित्र्याउनका लागि मानिसहरुले उक्त मूल्य तिर्न तयार देखिएका हुन् ।

तर बोकाका मालिकले उक्त मूल्यमा पनि बेच्न तयार देखिएका छैनन् उनी भन्छन् यो सुनको अण्डा पार्ने बोको हो, अहिले बेचेर काम छैन अर्को वर्ष यसको मूल्य तीन गुणासम्म बढ्छ अनि बेच्छु । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...