जसको यौनांगमाथि पटक पटक धावा बोल्छ माकुरो !


अस्ट्रेलियाका जोर्डन नामका युवकलाई धर्तीका सबैभन्दा अनलक्की मानिस भन्न थालिएको छ ।


२१ वर्षका जोर्डनलाई दुर्भाग्यशाली भन्नुको कारण छ । उनी यो मानेमा भाग्यहीन छन् की उनको यौनांग पटक पटक माकुराको आक्रमणमा पर्दछ ।

एक अनलाइनमा छापिएको समाचारमा आफ्नो नाम पूरा नबताउने शर्तमा जोर्डनले आफुलाई आफ्नो लिंगमा पटक पटक माकुराले डसेर पीडित बनाउने गरेको खुलासा उनले गरेका छन् ।

जोर्डनका अनुसार करीब ५ महिना पहिले रेडब्याक जातको माकुराले उनको यौनांगमा टोकेको थियो । केही दिनअघि उनलाई फेरि अर्को जातको माकुराले उहीँ ठाउमा टोकेको छ । हालै जब उनले मोबाइल शौचालयमा पिसाब फेर्न गएका थिए उनलाई फेरि माकुराले यौनांगमा टोक्यो ।

यौनांगमाथि पटक पटक माकुराले धावा बोलेपछि घाइते ती युवकको ब्लाकटाउन अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...