श्रीमतीको हत्या आरोपमा नायक पक्राउ

बैतडी, २३ असोज ।

मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । 

विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

कमलाको माइती पक्षले आत्महत्या नभई श्रीमानले कुटपिट गरी हत्या गरेको भनेर उजुरी दिएपछि प्रहरीले विजयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

कमलाको शवपरीक्षणपछि दाहसंस्कार गरिसकिएको बताइएको छ । कमलाले आत्महत्या गरेको हो वा श्रीमान्ले हत्या गरेको हो भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

फलेवास (पर्वत) – ससुरासँग अवैध सम्बन्ध भएको शङ्कामा पर्वतको दक्षिणमा पर्ने बर्राचौर गाविसकी एक महिलालाई श्रीमानले हत्या गरेको आरोप लगाइएको छ ।

बर्राचौर–८ पूर्णगाउँमा ४५ वर्षीया सेती नेपालीलाई उनका श्रीमान् देवहादुरले शुक्रबार राति हत्या गरेको बताइएको छ । घटनापछि देवहादुर र उनका बाबु जालेलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

शवपरीक्षणका लागि छिमेकी स्याङ्जा जिल्लाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शेखर खनालले जानकारी दिए ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...