भक्तपुरमा मध्यराती सम्पन्न भयो सेता घोडाजात्रा

भक्तपुर, २६ असोेज ।

बडादसैँको मध्यरातमा हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेता घोडाजात्रा गएराति सम्पन्न भएको छ । सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिनको राति हुने गर्छ । 

विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी बिर्सजन पूजा सम्पन्न गरेपछि सेता घोडाजात्रा हुने परम्परा रहिआएको छ ।

जात्रा हुनु अघि सेतो घोडालाई एउटा भेडा बलि चढाइ सकेपछि घोडालाई भक्तपुर नगरमा डुलाइ घोडा जात्रा गर्ने प्रचलन रहेको छ । 

तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय टौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिने गरिन्छ ।

जात्राको क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दगुराउने पनि गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...