बाली जोगाउन खोज्दा करेन्टले ज्यान लियो

चितवन, २८ असोज ।

पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ । 

पश्चिम चितवन नारायणी नगरपालिका–१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो ।

वन्यजन्तुबाट खेतको बाली जोगाउनका लागि तारबार जोड्दै गर्दा एक्कासि करेन्ट लागेर स्थानीयवासी ५५ वर्षीय अर्जुन खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आज बिहान करिब २ बजेको समयमा भएको उक्त घटनामा गम्भीर भएका खतिवडाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 

चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा वन्यजन्तु पसेर बालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्ने गरेकाले स्थानीयवासीले बाली र घर संरक्षणका लागि यसरी करेन्ट प्रवाह गरेर तार लगाउने गर्दछन् ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...