खुर्सानी खोलामा सडक बिग्रिएपछि दसैंमा यात्रुलाई सास्ती

कावासोती, २६ असोज ।

नवलपरासीको दलदले बुलिङटार सडकखण्ड भत्केर हिलाम्मे भएपछि सयौँ यात्रुले दशैंमा दुःख पाएका छन् ।

दशैंमा घर जाने र फर्कने यात्रुले खुर्सानी खोलामा सडक भत्केर हिलाम्मे भएपछि यात्रुहरूले सास्ती बेहुर्नुपरेको हो

दलदलेबाट बुलिङटारसम्म पुग्दा एक दर्जनभन्दा बढी ठाउँमा यात्रु ओराल्दै सवारी साधन गुड्ने गरेका छन् । 

दैनिक ६० वटा जीप चल्ने पहाडी भेगमा खुर्सानी खोला, कमलीकोटमा सडक बिग्रदा सास्ती पाएको लेकवेशी यातायात व्यवसायी समितिका अध्यक्ष युवराज बस्यालले बताए ।

दशैंका मुखमा सडक मर्मत गरिए पनि अविरल वर्षा भएपछि सडकको माटो बगाएर लैजाँदा धेरै सडकखण्ड कुलो जस्तो बनेको छ ।

दलदलेदेखि बुलिङटारसम्मको ४० किलोमिटर सडकमा यात्रा गर्न अहिले छ÷सात घण्टा लाग्ने गरेको बताइएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...