पर्सा प्रहरीको इन्काउन्टरमा मारिए दिलसाद आलम


  • काठमाडौँ, २३ असोज ।

प्रहरीको इन्काउन्टरमा बीरगन्जमा आइतबार राति एकजना भारतीय अपराधी मारिएका छन् । पर्सा प्रहरीका अनुसार बाटोमा चेकजाँचमा खटिएका प्रहरी टोलीमाथि फायरिङ गरेर भाग्न खोजेका व्यक्ति प्रहरीको कारवाहीमा मारिएको हुन् ।

प्रहरी स्रोतले बताए अनुसार मारिएका व्यक्ति केही महिना बीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न आरोपी हुन्सी । 

उनि सिमापारी समस्तीपुर घरभइ रक्सौल बस्दै अाएका थिय । पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले घटनाको पुष्टी गरेपनि मृतकको पहिचान बारे केही बताएका छैनन् ।

बीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १९ भिस्वा टोलमा सडकमा चेकिङमा रहेका प्रहरीमाथि रक्सौल तर्फबाट आएको मोटरसाईकलमा सवारले फायरिङ गरेर भाग्न खोजेपछि जवाफी कारवाही गरिएको एसपी श्रेष्ठले बताए । 

मोटरसाइकलको पछाडि बसेकाले फायरिङ गरेको र उनीनै प्रहरी कारवाहीमा मारिएको उनले जानकारी दिए । मोटरसाइकल चालक भने भाग्न सफल भएका छन् । घटना राति करीब ८ बजेतिरको हो ।

व्यापारिक कामका सिलसिलामा बाराको गढीमाई पुगेर फर्किदै गरेका बेला गत जेठ १३ गते साँझ व्यापारी केडिया कलैया नगरपालिकाको पसाहा पुलबाट अपहरणमा परेका थिए । 

नेपाल र भारतका प्रहरीको विशेष सक्रियतामा केडिया सीमापारीबाट चार दिनपछि मुक्त भएका थिए । उक्त घटनामा आलम सहितको संलग्नता रहेको खुलेको थियो ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...