हुन्डी कारोबारमा संलग्न पाँच पक्राउ

वीरगन्ज, १६ असोज । 

हुन्डीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले ठूलो मात्रामा रकमसहित पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट आज खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका– ६ रेशमकोठीबाट सन्तोषकुमार जैन, उषा गोयन्का, विक्कि जैन, सुनिलकुमार पटेल र जिवन ठाकुरलाई पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले रु ८१ लाख नगद, एक करोड ३२ लाख ८७ हजारबराबरको चेक, ल्यापटप, फ्याक्स मेसिन, पैैँसा गन्ने मेसिन एक–एक थान र मोबाइल छ थान बरामद गरेको प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले जानकारी दिए । 

हुन्डीको कारोबारमा संलग्न रहेका पाँचै जनालाई वित्तिय सम्बन्धि ऐन २०६३ अन्तर्गत थुनामा राखि कारबाही प्रक्रिया अघि बढाएको उनले बताए । 

पक्राउ परेकाहरु लामो समयदेखि हुन्डी बारोबारमा संलग्न रहँदै आएका बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...