बसको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

मोरङ,१८ असोज ।

मोरङको सुन्दरदुलारी–१० स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट सोमबार राति एक पैदलयात्रीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५० वर्षीय उमेश चौधरीको मृत्यु भएको हो।

साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...