चियाबारी एफएम सञ्चालकले म गगन थापाको पार्टनर हुँ भन्दै पत्रकारलाई धम्काएपपछि...


  • काठमाडौँ २२ असोज ।

आफुलाई कुमार घैंटे र गगन थापाको पार्टनर भएको बताउँदै चियाबारी एफएम, इलामका सञ्चालक डम्बर खड्काले अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेललाई धम्की दिएका छन् ।

अर्थ सरोकार डटकमले बर्खास्त गरेको एक महिला पत्रकारको विषयलाई लिएर उनले अनलाइनका प्रधान सम्पादक सुरज प्याकुरेललाइ धम्की दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयले गत असारमा संचालन भएको स्नातक दोश्रो बर्षको परिक्षा अन्तर्गत मिति २०७३ असार २८ गते मंगलबार कार्यालयमा विदा मागेर हिमालय कलेज कोटेश्वरमा देवकी न्यौपाने (नाम परिवर्तन) को शिक्षा संकाय अन्तर्गतको Political Sc Ed- Government and politics of Nepal विषयको परिक्षामा खेताला परीक्षार्थी भएर अरुको परिक्षा दिएको, त्यस वापत रु १२००० रकम लिएको र यस्तै विगतमा पनि थुप्रै पटक यसरी अरुको परिक्षा दिएको सूचनाका आधारमा कम्पनीबाट बर्खास्त गरिएपछि ती महिला कर्मचारीले आफ्ना प्रेमी लगाएर सम्पादक थर्काएको, आफुले गरेको कार्यबारे घरमा जानकारी दिए जे पनि हुन सक्ने भन्दै धम्की दिएको, र निकालिएकी कर्मचारीका केहि अश्लील सामाग्रीहरु समेत बाहिर आएको देखेपछी अर्थ सरोकार डटकमका सम्पादकले उनका भाइलाइ यसबारे जानकारी गराएको निहुँमा अव आइन्दा ती कर्मचारीका भाइ वा कसैलाई सम्पर्क गरे जवर्जस्ती करणीको मुद्धा हालिदिने र आफु कुमार घैंटे, र गगन थापाको पार्टनर भएकाले जे पनि गरिदिन सक्ने भन्दै उनले धम्की दिएका हुन् ।

मंगलबार आयो यस्तो फोन : मंगलबार करिव १० : ३० बजे ०२७-५२१०१२ नम्बरबाट फोन गर्दै उनले आफु उक्त कर्मचारीको अभिवावक भएको र उनले जेसुकै गरेको भएपनि उनका भाइ वा अरु कसैलाई जानकारी दिए जवर्जस्ती करणीको मुद्धा समेत हालिदिने भन्दै धम्की दिएका थिए । 'तपाईंलाइ नेपालको कानुन थाहा छ ? आँखा पल्टाएर हेरे पनि बलात्कार ठहरिन्छ ।

तपाईंले यस्तै नचाहिँदो गरेर कर्मचारी निकालेको भन्दै पुलिस केस गरिदिउं ? तपाईंलाइ थाहा छ कि छैन म डम्बर खडका गजुरमुखी निर्माण सेवाको डाइरेक्टर हो ।

तपाईंलाइ थाहा नै होला, म गगन थापा, कुमार घैंटे र अर्जुन नरसिं केसीको पार्टनर हो । कुमार घैंटे भनेको को हो तपाईंलाइ थाहा नै होला । उनी मेरो जिल्लाकी केटी हुन् । उनले जे गरेको भएपनि तपाईंलाइ के मतलव ? उनको छाडा फोटो बाहिर आयो त तपाईंलाइ के चासो ? म तपाईंलाइ १० मिनेटमा पूलिस केस गराएर जे पनि गर्न सक्छु ।

म पनि पत्रकार हो, चियाबारी एमएम मेरो हो ' भन्दै थर्काएका थिए । जवाफमा अर्थ सरोकार डटकमका सम्पादक प्याकुरेलले आफुलाई उनका प्रेमीले फोन गर्दै थर्काएको जानकारी उनको भाइलाई दिएको र अरु केहि मनसाय नभएको बताएपछि उनले, 'महिलाले थर्काएको भन्ने कहीं कानुनमा छैन । हाम्रो कानुनमा महिलाले जे भनेपनि, जे गरेपनि हुन्छ ।

तपाईंलाइ फोन गर्ने उनको मान्छे होइन । यता पनि फोन नगर्नु । गरेको खण्डमा म १० मिनेट भित्र तपाईंलाइ जेपनि गर्न सक्छु ।' भन्दै थर्काएका थिए । जवाफमा प्याकुरेलले आफु पनि कानुनशास्त्रको विद्यार्थी भएको बताएपछि उनले, 'तपाईंलाइ थाहा नै होला, पढ्नु पनि भएको रहेछ, यहाँ आँखा तरेको त बलात्कार हुन्छ तपाईंले त उसको भाइलाई फोन गर्नु भएको छ ।

म जवरजस्ती करणीको मुद्धा हाल्दिन्छु ।' भन्दै थर्काएका थिए । उनका भाइकै आग्रहमा गरिएको थियो फोन र एसएमएस अर्थ सरोकार डटकमबाट निकालिएपछी ती कर्मचारीका प्रेमीबाट अत्याधिक ब्लफ कल आएपछी सम्पादकले उनका भाइलाई यसबारे जानकारी दिएका थिए ।

जवाफमा उनका भाइले उनको फेसबुक र मोबाइल पनि बन्द गरिदिने र केहि परे आफुलाई सम्पर्क गर्नु भनेका थिए । साथै उनका भाइले बाहिरिएका अश्लील सामाग्रीहरु पनि हटाउन सहयोग समेत मागेका थिए । (उनका भाइले सम्पादकसँग गरेको फेसबुक कुराकानी सुरक्षित छ। )

अर्थ सरोकार डटकमले निकालिदिएपछी हनुमानस्थान नजिकैबाट संचालित एक अनलाइनमा काम गरिरहेकी उनलाई त्यहि दिननै काम छोडाएका थिए ।

हनुमानस्थानस्थित उक्त अनलाइनमै बसेर उनले आफ्ना प्रेमीलाई सम्पादक प्याकुरेललाई थर्काउन र उस्तै परे मान्छे लगाएर कुट्न आग्रह गरेकी थिइन् । उनका भाइकै आग्रहमा कसैको फोन वा धम्की आए वा उनीसँग सम्बन्धित केहि भए सम्पादकले उनका भाइलाई फोन गरी यसबारे जानकारी गराएका थिए ।

उनको फोन नम्बर र फेसबुक बन्द गरिएपनि अर्को एक एनसेल नम्बरबाट फोन गरी प्रेमीलाई मान्छे लगाएर पुन: सम्पादक थर्काएपछी यसबारे पुन: उनका भाइलाई सम्पादकले जानकारी दिएका थिए ।

'उहाँले त मैले नराम्रो गरें, अनि निस्कें भनेर मेरो बेज्जत गर्दै हिड्नु भएको रहेछ र मलाइ अत्याधिक ब्लफ कल आयो ।' भनेपछि उनका भाइले आफ्नी दिदिबाट गल्ती भएको र जागिरबाट निकालेको रिसमा त्यस्तो भनेको भन्दै माफी समेत मागेका थिए ।

उनले आफ्नी दिदीले आफुलाई झुक्काएर विभिन्न हर्कत गरेको र उनलाई कन्ट्रोल गर्न नसक्नु परिवारबाट गल्ती भएको स्वीकार्दै उनका यस्ता कुरा बाहिर नजान सहयोग गर्न समेत आग्रह गर्दै सम्पादकलाइ कुनै पनि खालका धम्की नआउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनका भाइले भएका अरु नम्बरहरु पनि उनलाइ नदिएपछी धम्की आउन बन्द प्राय: भइसकेको थियो ।

केहि समयपछि गाउँ पुगेका उनका भाइले फोनमा नेटवर्क राम्रो नभएकाले नबुझीने भन्दै एसएमएस गर्नु भनेपछि उनीहरुको कुराकानी एसएमएसबाट भएको थियो । (सम्पूर्ण एसएमएसहरु सुरक्षित छन् ।) सबै कुरा मिलिसकेको थियो । तर एक्कासी मंगलबार पुन: डम्बर खड्काले फोन गरी सम्पादकलाइ उनका भाइ वा कसैलाई पनि सम्पर्क गरेको खण्डमा जवर्जस्ती करणीको मुद्धा चलाईदिने र आफुले जेपनि गर्न सक्ने भन्दै धम्की दिएका थिए ।

'कैसले फोन गरे मलाइ खबर गर्नु' भन्नुभएको थियो उहाँको भाइले । त्यसपछि मैले डम्बर खड्काले फोन गर्नुभएको थियो भन्ने जानकारी उहाँलाई गराएँ । तर डम्बर खड्काकै आडमा उहाँले डम्बर खड्काको कुरा मनन गर्नु, हाम्रोबारे कतै समाचार आए वा हाम्रोबारे जानकारी कतै दिए त्यसको समाधान डम्बर खड्कालेनै गर्ने भन्दै धम्कीपूर्ण भाषा सहितको एसएमएस पठाउनुभयो ।'

सम्पादक प्याकुरेलले भने । यस्तो छ गगन थापाको प्रतिक्रिया गगन थापा, अर्जुन नर्सिङ केसी र कुमार घैंटेको पार्टनर भएको बताएपछि यसबारे अर्थ सरोकार डटकमले गगन थापालाइ सम्पर्क गर्ने प्रयास गरेको थियो ।

उनीसँग सम्पर्क गर्दा उनी निकटका श्रोताले डम्बर खड्कासँग आफ्नो नजिकको चिनजान नभएको स्पष्ट परे । यसबारे अर्जुन नरसिङ केसीलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क भएन ।

पत्रकारहरुलाई समेत खबर, प्रेस काउन्सिल र पत्रकार महासंघमा उजुरीको तयारी : आफु चियाबारी एमएमको मालिक र गजुरमुखी निर्माण सेवाको निर्देशक भएको बताउंदै पत्रकारलाइ धम्की दिएपछि अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलले यसबारे प्रेस युनियनका अध्यक्ष, र इलामकै केहि पत्रकारहरुलाई खबर गरेका थिए ।

यस्तै धम्की आइरहे आफु प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ लगाएतका संस्थाहरुमा उजुरी गर्न जाने समेत सम्पादक प्याकुरेलले बताए । सीआइबी को प्रतिक्रिया, 'छानविन गरी कारवाही गर्छौं ।'

अरुको नक्कली परिक्षा दिएको निहुँमा आफुले कर्मचारी निकालेको र सोहि निहुँमा आफुलाई निरन्तर धम्की आएकोबारे सीआइबीलसंग प्रतिर्किया लिंदा अरुको परिक्षा दिने कुरा अत्यन्त संवेदनशील अपराध भएकाले यस विषयमा छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउने भानाइ सीआइबीले व्यक्त गरेको छ ।'

, ,

प्रतिकृया दिनुहोस्

Loading...