नयाँ दिल्लीका मुख्य मन्त्री केजरीवालमाथि कालो मसी प्रहार

एजेन्सी,१९ असोज ।

भारतको नयाँ दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालमाथि कालो मसी प्रहार भएको छ । 

सर्जिकल स्ट्राइक मामिलामा प्रधानमन्त्रीसँग प्रमाण मागेको भन्दै रुष्ट बनेका एबिवीपीका एक कार्यकर्ताहरुले मंगालबार राती मुख्यमन्त्री केजरीवालमाथि कालो मसी प्रहार गरेका हुन् ।

एक कार्यक्रममा भाग लिन राजस्थानको बिकानेर पुगेका केजरीवाललाई कारमा छिर्नअघि मानिसहरुलाई अभिनन्दन गर्दैगर्दा कालो मसी प्रहार भएको थियो । मसी उनको सर्ट र अनुहारमा परेको थियो ।

मुख्यमन्त्री केजरीवालले सर्जिकल स्ट्राइकबारे आफ्नो धारणा परिर्वतन नहुने बताउँदै आएका छन् । प्रधानमन्त्रीसँग प्रमाण मागेका केजरीवालले मंगलबार पनि आफ्नो बयानलाई दोहोराएका थिए । पाकिस्तानले भ्रम फैलाएको भन्दै त्यसलाई चिर्नका लागि कारवाहीको भिडियो जारी गर्न उनले माग गरे ।

मुख्यमन्त्री केजरीवालले उक्त घटनापछि आफु धन्नले बचेको प्रतिक्रिया दिएका छन् । ट्वीटमा उनले भगवानलाई म माथि हमला गर्नेको रक्षा गर्न अनुरोध गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...