सराय नाच संरक्षणमा स्थानीय युवा जुट्दै

पाल्पा, २८ असोज ।

मगर समुदायमा प्रचलित सराय नाच जिल्लाबाट यतिखेर लोप हुने अवस्थामा छ । गाउँमा युवा पुस्ताले संस्कृतिको जगेर्ना गर्न नसक्दा सराय नाच नाच्ने परम्परा लोप हुने अवस्थामा पुगेको हो । 

जिल्लाको बन्दीपोखरा, मुझुङ, देउरालीलगायतका ठाउँमा सराय नाच देखाउने परम्परा थियो । तर अहिले भने यो संस्कृति नै लोपोन्मुख अवस्थामा छ । तर फोक्सिङकोटको रानीवासमा भने परम्परागत सराय नाचको संरक्षणमा स्थानीय युवा जुटेका छन् । 

वर्षेनी चारपटक यो नाच देखाउने गरिन्छ । गाउँका युवाले मगर समुदायको परम्परा झल्कने विभिन्न वेशभूषामा सजिएर नाच्ने यो नाच दसैँ, तिहार, हरिबोधनी एकादशी र मङ्सिर पूर्णिमाका दिन देखाउने प्रचलन छ । 

गाउँमा एकपटक सराय नाच देखाउँदा रु १० हजारदेखि रु एक लाखसम्म सङ्कलन हुने गरेको स्थानीयवासी एवत सारुले बताए।

सराय नाचबाट सङ्कलित रकम गाउँका विकास निर्माणका काममा खर्च हुने गरेको उनले जनाकारी दिए । 

यसै दसैँका अवसरमा देखाएको सो नाचबाट यसवर्ष रु १० हजार ५०८ सङ्कलन भएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...