रक्सीको सुरक्षाका लागि आयो वाइन कण्डम (भिडियो सहित)


सुरक्षित यौन सम्पर्कका लागि कण्डमको प्रयोग हुने कुरा बताइरहनु पर्ने कुरा होइन । तर यो कण्डम भन्ने चिज केवल मानिसको यौन सुरक्षाका लागि मात्र होइन रहेछ । हुँदा हुँदा रक्सीको सुरक्षाका लागि पनि कण्डमको उत्पादन हुन थालेको छ ।

हो, वाइनलाई सुरक्षित राख्नका लागि वाइन कण्डमको प्रयोग गरिन्छ । वाइनको बोतल खोलिसकेपछि यदि बोतलको पूरै वाइन खाइसकिएन भने बाँकी रहेको वाइनलाई सुरक्षित राख्नका लागि वाइनको बोलतलाई कण्डम लगाइदिइन्छ । बोतलको मुखमा टोपीजस्तै गरी वाइन कण्डम पहिराइन्छ ।

यसरी वाइनको बोतलमा कण्डम लगाइदिइसकेपछि बोतलभित्रको वाइन पूर्णरुपमा सुरक्षित हुन्छ, पोखिने डर हुँदैन । वाइन कण्डमको प्रयोगबारे यु ट्युबमा भिडियोहरु पनि छन् । वाइन कण्डम कसरी प्रयोग गर्ने हेरौँ एक भिडियो


श्रोत : अनलाइन खबर 

, ,

प्रतिकृया दिनुहोस्

Loading...