बोलेरो जीपमा आगलागी, १ को मृत्यु !



Add caption
रामेछाप, ९ मङ्सिर | 

रामेछापमा बोलेरो जीपमा आगलागी भएको छ | आगलागी हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । बिहीबार बिहान सिन्धुलीबाट रामेछापको गाम्चाका लागि छुटेको मे १ ज २१८७ नम्बरको बोलेरो जीपमा आगलागी हुँदा ज्यान गुमाएकाको पहिचान नभएको बताइएको छ ।

शव पूर्ण रुपमा जलेकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनास्थल आसपासमा कोही पनि नभेतिएकोले घटना कसरी घट्यो भन्ने पत्ता लागेको छैन ।

सदरमुकाम मन्थलीबाट घटनास्थल पुग्न गाडीमा ४ घण्टा लाग्ने प्रहरीले जानेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेलको टोली घटनास्थल तर्फ जादै छ ।

प्रतिकृया दिनुहोस्

Loading...