दुनियाका १० अनौठा पुल, जसलाई हेर्दा तपाइँले वाह भन्नुहुनेछ (फोटोफिचर सहित)

दुनिया भौतिक निर्माणको क्षेत्रमा धेरै अघि बढिसकेको छ । विश्वमा कल्पना समेत गर्न गाह्रो पर्ने खालका अनुपम भौतिक संरचनाहरु ठडिइरहेका छन् । आज हामीले यस्ता १० वटा अनौठा पुलहरु देखाउँदै छौँ जसको तस्वीर मात्र हेर्दा पनि तपाइँले वाह भन्नुहुनेछ ।



१. यो हो चीनको चांग्सा सहरमा ड्रागन किंग हार्बर नदिमाथि बनेको लकी नोट ब्रिज । उक्त पुल ६०६ फिट लामो तथा ७८ फिट अग्लो छ। नेक्स्ट आर्किटेक्टले यसको डिजाइन गरेको हो । यो पुलमा केवल पैदल यात्रु मात्र हिड्न पाउँछन् ।



२. यो चाहीँ हो दक्षिण कोरियाको बेन्पो ब्रिज रेन्बो फाउन्टेन । सिओलस्थित हेन नदिमाथि बनेको छ यो पुल । लम्बाइ १४९५ मिटर छ । रातमा यो पुलको दृश्य हेर्नलायक हुन्छ ।



३. उरुग्वेको सर्कुलर लगुवा गार्जोन ब्रिज नामक पुल हो यो । यसले रोचा र मालोडोनाडो सहरलाई जोड्छ । यो पुलमा एक पटकमा झण्डै १ हजार गाडी गुड्न सक्छन् ।



४. भियतनामको ड्रागन ब्रिज पनि दुनियामा चर्चित छ । यो पुलमा भिमकाय ड्रागन बनाइएको छ । २१८५ फिट लामो यो पुल भियतनामको डा नांग सहरमा रहेको छ ।



५. जापानको एशिमा ओहासी पुल हो यो । निकै खतरनाक देखिन्छ यो पुल । यसको लम्बाइ १७ सय मिटर र चौडाई ११ मिटर छ ।



६. यो हो सिंगापुरको हेन्डरसन वेब्स ब्रिज । बुकिट मेराहमा रहेको यो पुलको बनावट निकै अनौठो छ । यसमा गाडी र पैदलयात्रु दुबै चल्न सक्छन् । पुलको लम्बाई ९ हजार मिटर छ ।



७. डेनमार्कको अरहुस सहरमा रहेको इनफाइनाइट ब्रिज हेर्दा अचम्म को नपर्ला ? यो गोलाकार पुलमा जति हिँडेपनि सकिँदैन । यो पुलमा गत वर्ष १२ जोडीले एकसाथ बिहे गरेका थिए ।

८. अस्ट्रियाको आइल्याण्ड इन द मूर नामक पुल हेर्दा तपाइँको आँखाले ठम्याउन सक्दैन की यो पुल हो वा टापु हो भनेर । मूरी नदिमाथि रहेको यो पुल स्टील तथा सिसाले बनेको छ ।



९. अजिंगरको आकारमा रहेको नेदरल्याण्डको यो पाइथन ब्रिजले सन् २००२ मा विश्वको सबैभनदा उत्कृष्ट फुटओभर ब्रिजको अवार्ड पाएको थियो ।

१०. सन् २०१२ मा बनेको बेलायतको ट्विन सेल्स ब्रिज डोर्सेटमा रहेको छ । यसको अनौठो पक्ष के भने यो पुलको दुबै छेउँ खोल्न सकिन्छ । खासगरी जहाज र डुंगाहरुलाई पार गराउनका लागि यो पुललाई दिनमा १५ पटक खोलिन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...