जम्मु काश्मिर तनाव : बिद्रोहीद्वारा सेनाको शिविरमा आक्रमण


  • एजेन्सी, १४ मंसिर ।

भारत प्रशासित जम्मुको नगरोटामा रहेको सेनाको शिविरमा बिद्रोहीले आक्रमण गरेका छन् । बिद्रोहीले मंगलबार बिहान सेनाको शिविरमा आक्रमण गरेका हुन् ।

त्यसपछि भारतीय सेनाले पनि जवाफी कारवाही गरेको बिबिसीले जनाएको छ । यस्तै साँबा सेक्टरको अन्तर्राष्ट्रिय सीमामा पनि बिद्रोही र भारतीय सीमा सुरक्षा बल (बिएसएफ) बिच गोली हानाहान भएको छ । बिद्रोही र सुरक्षाकर्मी अहिले पनि भिडन्त भइरहेको समाचार संस्था पिटिआईले जनाएको छ । नगरोटामा दुई सैनिक र अन्तर्राष्ट्रिय सीमामा भएको गोली हानाहानमा एक जवान घाइते भएका छन् । गएको सेप्टेम्बर भारत प्रशासित जम्मु काश्मिरको उडीमा रहेको भारतीय सेनाको एक शिविरमा आक्रमण आक्रमण भएपछि भारत र पाकिस्तानबिच तनाव भइरहेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...