बलात्कारको आरोपमा १ जना पक्राउ



भोजपुर, १० मङ्सिर । 

बलात्कारकोे आरोपमा भोजपुरको दक्षिणी गाविस थिदिङ्खा–२ मा एकजना पक्राउ परेका छन् ।

मानसिक अवस्थासमेत ठीक नभएकी महिलालाई यही मङ्सिर ५ गते जबर्जस्तीकरणी गरेको आरोपमा जिल्लाको दक्षिणी क्षेत्रको थिदिङ्खा–२ का ४६ वर्षीय चुप्पे भनिने सांगे शेर्पालाई प्रहरीले बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महिलालाई घरमा चटपटे खान जाऊँ भन्दै जबर्जस्ती करणी गरेको पीडित परिवारको आरोप छ । शेर्पाले करणी गरेपछि पीडितले घर पुगेर अभिभावकलाई खबर गरेकी थिइन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...