सङ्ग्राम खोलामा २ वटा बस दुर्घटना, १० यात्रु घाइते



दाङ, १० मङ्सिर ।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सङ्ग्राम खोलामा दुईवटा सवारी साधन एकापसमा ठोक्किँदा १० यात्रु घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । 

आज बिहान तुलसीपुरबाट यात्रु बोकेर जाँदै गरेको बा२ख २५४९ नंको फोर्स गाडी र घोराहीबाट बालबालिका लिएर पश्चिम पुरन्धारातर्फ पिक्निकका लागि जाँदै गरेको ना३ख ७९७४ नंको बस सङ्ग्राम खोला नजिकै एकापसमा ठोक्किएका थिए । 

दुर्घटनामा परी गम्भिर घाइते भएका मानपुर गाविस–९ निवासी ४० वर्षीया बालिका सुनार, तुलसीपुर नगरपालिका–११ निवासी २७ वर्षीया विमला रिजाल र तुलसीपुर–६ निवासी ३३ वर्षीया सरिता लामिछानेलाई राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके पठाइएको छ । 

त्यस्तै गम्भिर घाइते चितवन जिल्ला पिप्ले–३ निवासी २२ वर्षीया शान्ता थपलियाको भने घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए । अन्य घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...