विप्लव माअाेवादीले कब्जा गर्यो पशुपति मुरारकाकाे १४० राेपनी जग्गा



काठमाडाैँ, २७ कार्तिक ।

महङ्गी बढाउने र कालाेबजारीमा सम्लग्न भएकाे भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा (माअाेवादी)ले पशुपति मुरारकाकाे जग्गा कब्जा गरेकाे छ । नेपाल उद्याेग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष मुरारकाकाे १ सय ४० राेपनी जग्गा माअाेवादीले शनिवार कब्जा गरेकाे हाे ।

विप्लव माअाेवादीले महंगी र कालाेबजारी नियन्त्रण गर्न तथा जनताकाे खाद्य सम्प्रभुताकाे अधिकारकाे रक्षा गर्न माग गर्दै भाेलि कार्तिक २८ गते नेपाल बन्दकाे अाह्वान गरेकाे छ । बन्दकाे पूर्व सन्ध्यामा मुरारकाकाे जग्गा कब्जा गरेकाे हाे । 

काभ्रेकाे बनेपामा रहेकाे मुरारकाे जग्गा कब्जा गर्न शनिवार माअाेवादीका नेता कार्यकर्ताहरु पुगेका थिए । उनीहरुले मुरारकाकाे जग्गामा झन्डा गाडेर उक्ता जग्गा अाफ्नाे कब्जामा रहेकाे घाेषणाा गरेका हुन् ।

जग्गा कब्जाकाे घाेषणा गरी माअाेवादीले त्यसाे गर्नुका कारणसहितकाे एक विज्ञप्ती पनि जारी गरेका छन् । विज्ञप्तीमा मुरारकाकाे जग्गा कब्जा गर्नुका पाँच कारण उल्लेख गरिएकाे छ ।

जसमा मुरारकाले महंगी र कालोबजारीमा मूख्य भूमिका खेलेकोले उल्लेख छ । महंगी र कालोबजारी रोक्नुपर्ने, मूल्यबृद्धीमा मुख्य भूमिका खेलेकाेसहित माअाेवादीले पाँच गम्भीर अाराेप लगाएकाे छ ।

त्यसैगरी मुरारकाले अरबौको कर छलि गरेको, राष्ट्रिय हितविपरित गतिविधिमा संलग्न भएको, दलाल, भ्रष्ट र माफियाहरुलाई प्रोत्साहन र संरक्षण गरेको अाराेप पनि उक्त पत्रमा लगाइएकाे छ ।

मुरारकाले राष्ट्रिय अर्थतन्त्रलाई धरासायी बनाउँदै दलाली अर्थतन्त्र तथा अर्थव्यवस्थालाई प्रोत्साहन गरी राष्ट्रिय पुँजी पलायन गराएको अाराेप पनि माअाेवादीले लगाएकाे छ । 

कारवाहीपछि जारी गरिएकाे पर्चा 




, ,

प्रतिकृया दिनुहोस्

Loading...