क्यान्सर लाग्दा शुरुमा देखिने यी ५ लक्षण, कहिले वेवास्ता नगर्नुहोस् !

क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ ।

तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । 

क्यान्सरका लक्षण देखिए भने पनि आत्ति हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । 

हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् ।

१. दुखाइ

शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

२. दुब्लाउँदै जानु वा वजन कम हुनु

यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।

३. पाकेको घाउ निको नहुनु

यदि तपाइको सरिरको कुनै अंगमा चोटपटक लागेर घाउ बनेको छ र त्यो लामोसमयसम्म पनि निको हुदैन भने तत्काल स्वास्थ्य सस्था गएर चेकजाँच गरिहाल्नुपर्ने हुन्छ । जसकारण क्यान्सरबाट बच्न सकिन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...