डोटीमा जन्ती जीप दुर्घटना, दुईको मृत्यु, २३ घाइते

काठमाडौं, १२ मंसिर ।

डोटीमा जीप दुर्घटना हँदा दुई जनाको मृत्यु भएकाे छ । दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् । 

बेलुका ७ बजेतिर से १ ज ७४७ नम्बरको जन्ती बोकेको जीप लाटामाण्डौको उजेली गाउँ नजिकैको देवलमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लाटामाण्डौ–२ का ३० वर्षका वीरी ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा र जिजोडामाण्डौ–८ का गोरीशंकर नेपालीको पद्मा अस्पताल अत्तरियामा उपचारको क्रममा ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते मध्ये १४ जनाको उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने ८ जनाको सुजङ अस्पताल डोटीमा उपचार भइरहेको छ । त्यस्तै एक जनाको पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...