भारतीय क्रिकेटर युवराज सिंह बाँधिए बैबाहिक बन्धनमा, कोहलीको धमाका डान्स

  • काठमाडौं,१५ मंसिर ।

भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहली आफ्ना समकक्षी खेलाडी युवराज सिंहको बिहेमा छमछम नाचेका छन्। युवराज मंगलबार बलिउड अभिनेत्री किथ हेजलसँग बैवाहिक बन्धनमा बाँधिएका थिए।

उनले बुधबार मोहालीस्थित भारतीय टेस्ट टोली बसेको होटल ललितमा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई बिहेको पार्टी दिएका थिए। उनीहरूको बिहेको पार्टीलाई ‘युवराज–हेजल प्रिमियर’ को उपमा दिइएको छ।

पार्टीमा भारतीय क्रिकेट टिमसँगै सहभागी भएका कोहली पञ्जाबी संगीतमा मज्जाले नाचेका थिए। यसअघि टिमका अन्य खेलाडी रोहित शर्माको बिहेको पार्टीमा पनि बिराट बलिउड नायिका सोनाक्षी सिन्हासँग नाचेका थिए।

भारतले २०११ मा विश्वकप उपाधि जित्दा युवराज टिमका मुख्य हतियार थिए। उनी अहिले पनि भारतीय टिममा फर्किन सर्घषरत छन्। भारतले मोहालीको तेस्रो टेस्टमा इङ्ल्यान्डलाई मंगलबार पराजित गरेको थियो। यसका कारण आज भारतीय टोली पार्टीको मुडमा पुगेका थिए।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...