कास्कीमा अल्ट्रालाइट विमान दुर्घटना, पाइलटको ज्यान गयो


पोखरा, ८ मंसिर । 

कास्कीमा अल्ट्रालाइट विमान दुर्घटना हुंँदा पाइलटको ज्यान गएको छ । 
पोखराको एभिया क्लबले सञ्चालन गरेको अल्ट्रालाइट बुधबार कास्कीकोट गाबिसको लौरुकमा दुर्घटना हुँदा रसियन पाइलट अलेक्जेण्डर म्याक्सिमोभको ज्यान गएको हो ।

हेन्ड ग्लाइडिङलाई तानेर उडाउने क्रममा डोरी चुडिए पछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा क्यानेडियन महिला पर्यटक घाइते भएका छन् ।

उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । कास्कीको चापाकोट गाविसको बाम्दी स्थित आफ्नै मैदानबाट उड्ने क्रममा ९ एनएलएल अल्ट्रालाईट दुर्घटनामा परेको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...