दुई विद्यालयलाई ३९ थान ल्यापटप र ३ थान प्रोजेक्टर

- नुवाकोट, २७ कात्तिक ।
विद्यालयमा सूचना प्रविधिको पहुँच सहितको अध्ययनलाई विस्तार गर्न सहयोग पुगोस् भन्दै चौघडामा रहेका दुई विद्यालयलाई रत्न फाउन्डेसन काठमाडौंको अगुवाइमा जर्मनेलीहरुले ३९ थान ल्यापटप र तीन थान प्रोजेक्टर प्रदान गरेका छन् ।
चौघडा –.८ स्थित क्षेत्रपाल माविलाई ३० थान ल्यापटप र दुई थान प्रोजेक्टर र सोही गाविसको वडा नं ९ बानियाटारस्थित इन्द्रायणी निमाविलाई नौ थान ल्यापटप र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको क्षेत्रपाल माविमा लेखापाल अर्जुन पौडेलले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नंं २ का सभापति ध्रुव श्रेष्ठले आयोजकका तर्फबाट विद्यालयका प्रअ कृष्णबहादुर राईलाई ती सामग्री हस्तान्तरण गरेका थिए। उक्त कम्प्युटर र प्रोजेक्टरको मूल्य रु १६ लाख भन्दा बढी रहेको विद्यालयले जनाएको छ ।
भूकम्पका कारण विद्यालय भत्किएकाले यसअघि विद्यालयमा रहेका कम्प्युटरमा क्षति पुगेकाले कम्प्युटर विषयको पढाइ नै प्रभावित भएकामा अब भने सहज हुने प्रअ राईले बताए ।
यस्तै चौघडा गाविस वडा नं. ९ बानियाँटारस्थित इन्द्रायणी निमाविका प्रअ रामप्रसाद लामिछानेलाई नौ थान ल्यापटप र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...
