निर्माणाधीन टावर भत्किँदा ४० को मृत्यु

चीन, ९ मङ्सिर । 
चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । 


घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले घटनामा कम्तिमा चालीस जनाको मृत्यु भएको जनाएपनि भत्किएको टावरको भग्नावशेषमुनि अझै केही मजदुर पुरिएको अनुमानमा उद्धारलाई जारी राखिएको छ । 

बिहीबार विहानै करिव ७ बजेतिर भएको उक्त घटनामा पाँच जना मजदुर घाइते भएका बताइएको छ । उनीहरूको स्थानीय एक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...